
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरूमध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो।
सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु हुनेहरूमा प्रदर्शनकारी २२ जना, तीन जना प्रहरी, १० जना कैदी र ४१ जना अन्य रहेको जनाएको हो।
सेनाका अनुसार प्रदर्शनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ।
प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ८ हजार ७९९ जना पक्राउ/फिर्ता भएको सेनाको भनाइ छ।
सेनाका अनुसार ९७८ थान हतियार लुटिएको/हराएकोमा ५८६ थान बरामद/फिर्ता भएको छ।