काठमाडौँ जिल्ला प्रशासनले आजदेखि राहदानी सेवा सञ्चालन गर्ने

हिमाल प्रेस २९ असोज २०८२ ८:१४ | Wednesday, October 15, 2025
काठमाडौँ जिल्ला प्रशासनले आजदेखि राहदानी सेवा सञ्चालन गर्ने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो।

सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ। सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ।

प्रकाशित: २९ असोज २०८२ ८:१४ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast