विभागहरूमा ४० प्रतिशत युवा प्रतिनिधित्वको माग गर्दै कांग्रेसका युवाहरूको धर्ना

हिमाल प्रेस २५ असोज २०८२ १६:४८ | Saturday, October 11, 2025
विभागहरूमा ४० प्रतिशत युवा प्रतिनिधित्वको माग गर्दै कांग्रेसका युवाहरूको धर्ना

काठमाडौँ- नेपाली कांग्रेसआवद्ध युवाहरुले पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरुले पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन्।

सबै तहका निर्वाचनहरूमा कम्तिमा पनि ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक उम्मेदवारको रुपमा अगाडि बढाउनुपर्ने व्यवस्थाको विधानमै उल्लेख गराउनुपर्ने उनीहरको माग छ। त्यस्तै जेन्जी उमेर समूहमा कम्तिमा २५% क्रियाशील सदस्य पु¥याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र अगाडि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् भने निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू समेत स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा आउने व्यवस्थाको अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्ने आफुहरुको माग रहेको नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेतीले जानकारी दिए।

उनीहरुले पार्टीको क्रियाशील सदस्यता वितरण निश्चित मापदण्ड तयार गरी खुला रुपमा जुनसुकै समय लिन सकिने गरी सहज र प्रविधिमैत्री बनाउन माग राखेका छन् भने पार्टी सञ्चालन र सरकार सञ्चालन फरक विषय भएको हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी प्रदान नगर्न विधानमा व्यवस्था गर्नुपर्ने जनाएका छन्।

प्रकाशित: २५ असोज २०८२ १६:४८ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast