काठमाडौँ– नेपालका लागि चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन्। शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाण पत्र पेस गरेका हुन्।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित: २९ पुष २०७९ १९:०८ | Friday, January 13, 2023
प्रतिक्रिया




