‘जेनजी मुभमेन्ट’ ले आज प्रदर्शन गर्दै

हिमाल प्रेस २३ असोज २०८२ ६:५८
38
SHARES
‘जेनजी मुभमेन्ट’ ले आज प्रदर्शन गर्दै

काठमाडौँ- ‘जेनजी मुभमेन्ट’ ले आज माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

जेनजीले उठाएका मागहरू बेवास्ता हुँदै आएकाले ती मागहरूको स्मरण र युवाको बलिदानलाई सम्मान दिलाउने उद्देश्यका साथ प्रदर्शन गर्न लागिएको मुभमेन्टले जनाएको छ।

माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै मुभमेन्टले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमतिसमेत लिएका छन्।

मुभमेन्टका तर्फबाट अछामका विजय शाह र दाङका पवन मल्लले हस्ताक्षर गरेको निवेदनमा प्रदर्शन अहिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा आधारित हुने जनाइएको छ।

साथै कार्यक्रमका क्रममा सहभागीहरूको सुरक्षाको सुनिश्चितता गर्न निवेदनमा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरिएको छ।

प्रदर्शनमा ‘एनटेक–जेड’ समूहसँग सहकार्य रहेको पनि मुभमेन्टले जनाएको छ।

प्रकाशित: २३ असोज २०८२ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast