अस्ट्रेलियाका यी ब्याटर जसले एकदिवसीयमा हाने तेहरो शतक

हिमाल प्रेस २२ असोज २०८२ १७:२९
40
SHARES
अस्ट्रेलियाका यी ब्याटर जसले एकदिवसीयमा हाने तेहरो शतक

काठमाडौँ- अन्डर–१९ विश्वकप जित्ने अस्ट्रेलियन टोलीका एक सदस्यले क्रिकेटमा एउटा अद्भुत प्रदर्शन गरेका छन्। गत वर्ष दक्षिण अफ्रिकामा भएको अन्डर–१९ विश्वकप जित्ने टोलीका सदस्य हरजस सिंहले एकदिवसीय क्रिकेटमा यस्तो प्रदर्शन गरेका हुन्।

सिंहले सिड्नीको ग्रेड क्रिकेटमा तेहरो शतक बनाएका हुन्। उनले १४१ बलमा ३१४ रन बनाए। यो रन बनाउँदा उनले ३५ छक्का प्रहार गरे। सिंहले वेस्टर्न सबब्र्सका लागि सिड्नी क्रिकेट क्लबविरूद्ध प्राटन पार्कमा गरे।

बायाँ हातले ब्याटिङ गर्ने सिंहले अन्डर–१९ विश्वकप फाइनलमा भारतविरूद्ध ५५ रन बनाएर सर्वाधिक स्कोर गरेका थिए।

सिंहको यो ऐतिहासिक प्रदर्शन न्यू साउथ वेल्स प्रिमियर फस्र्ट ग्रेड क्रिकेटको इतिहासमा तेस्रो सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनेको छ। यसअघि विक्टर ट्रम्परले सन् १९०३ मा ३३५ र फिल जाक्सले सन् २००७ मा ३३५ रन बनाएका थिए। यससँगै अस्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेटको सीमित ओभरको इतिहासमै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर पनि हो।

यो खेल युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले भने,‘आज मैले आफ्नो जीवनमा सबैभन्दा प्रस्ट स्ट्राइक गरेको अनुभव गरेँ। मेरो लागि यो गर्वको विषय हो। मैले अफ–सिजनमा पावर हिटिङका लागि धेरै मिहिनेत गरेको थिएँ। र, आज त्यसको परिणाम देख्नु पाउनु विशेष क्षण हो।’

सिंहले आफ्नो पहिलो सय रन ३५ औँ ओभरमा ७४ बलमा पूरा गरेका थिए। त्यसपछि उनले तीव्र गतिमा ब्याटिङ गर्दै अर्को ६७ बलमा २१४ रन जोडे।

प्रकाशित: २२ असोज २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast