
काठमाडौँ- रसायनशास्त्र क्षेत्रका नोबेल पुरस्कार विजेताहरूको घोषणा गरिएको छ। यस वर्ष यो प्रतिष्ठित पुरस्कार तीन जना वैज्ञानिकहरू सुुसुम कितावा, रिचर्ड रब्सन र ओमर एम.यागीलाई प्रदान गर्ने भएको हो।
स्वीडेनको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले बुधबार पुरस्कारको घोषणा गरेको हो।
मेटल अर्गानिक फ्रेमवक्र्सको विकासमा पु¥याएको महत्वपूर्ण योगदानका लागि यी वैज्ञानिकहरूलाई पुरस्कार प्रादन गरिनेछ। यो खोजले पदार्थ विज्ञान र रासायनिक भण्डारणका क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको छ।
यसअघि मंगलबार भौतिकशास्त्र क्षेत्रमा नोबेल पुरस्कार जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिसलाई प्रदान गरिएको थियो।
त्यस्तै फिजियोलोजी र चिकित्सा क्षेत्रमा नोबेल कमिटीले मेरी ई.ब्रन्को, फ्रेड र्याम्सडेल र शिमोन साकागुजीलाई मानव शरीरको इम्युन सिस्टमबारे महत्वपूर्ण खोजका लागि पुरस्कार दिने घोषणा गरेको थियो।