
काठमाडौँ- मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन स्थगित गरिएको छ। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार कात्तिक १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन स्थगन गरिएको हो।
भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसारका कार्यक्रम सञ्चालनमा असर परेकाले उक्त निर्णय गरिएको आयोगले जनाएकव छ।
प्रकाशित: २१ असोज २०८२ ७:३९
प्रतिक्रिया