यस्तो छ विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २१ असोज २०८२ ६:५१
8
SHARES
यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७६ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ।

साथै युरोपियन युरो एकको खरिद दर १६६ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १९० रुपैयाँ ३६ पैसा र बिक्री दर १९१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयांक एकको खरिद दर एक सय ७७ रुपैयाँ ६० पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९३ रुपैयाँ ५० पैसा र बिक्री दर ९३ रुपैयाँ ९०, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ५६ पैसा र बिक्री दर १०१ रुपैयाँ ९९ पैसा, सिंगापुर डलर एकको खरिद दर एक सय ९ रुपैयाँ ५६ पैसा र बिक्री दर ११० रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४३ पैसा र बिक्री दर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ८० पैसा र बिक्री दर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८९ पैसा र बिक्री दर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिद दर चार रुपैयाँ ३७ पैसा र बिक्री दर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ०५ पैसा र बिक्री दर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ १६ पैसा र बिक्री दर २२ रुपैयाँ २६ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ६३ रुपैयाँ ९७ पैसा र बिक्री दर ४६५ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिद दर ३७६ रुपैयाँ ०५ पैसा र बिक्री दर ३७७ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिद दर तीन सय ६८ रुयैयाँ १९ पैसा र विक्रिदर तीन सय ६९ रुपैयाँ ७५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: २१ असोज २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast