कमजोर हुन थाल्यो मनसुनी वायुको प्रभाव

हिमाल प्रेस २१ असोज २०८२ ६:३९
4
SHARES
कमजोर हुन थाल्यो मनसुनी वायुको प्रभाव

काठमाडौँ- मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी मौसम बुलेटिनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानहरूमा मेघगर्जनचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार मंगलबार राति कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २१ असोज २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast