
काठमाडौँ- सन् २०२५ का् नोबेल पुरस्कारको घोषणा सोमबार फिजियोलोजी र मेडिसिन (शरीरक्रिया विज्ञान र चिकित्सा) क्षेत्रमा विजेताहरूको नाम सार्वजनिक गर्दै सुरू भएको छ।
नोबेल समितिले यो वर्षको पुरस्कार म्यारी ई. ब्रनको, फ्रेड र्याम्सडेल र शिमोन साकागुजीलाई प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ।
यी तीन वैज्ञानिकलाई मानव शरीरको प्रतिरक्षा प्रणालीलाई आफैँविरूद्ध काम गर्नबाट रोक्ने तत्वको खोजमा महत्वपूर्ण योगदानका लागि नोबेल पुरस्कार दिइएको हो।
‘हाम्रो यम्युन प्रणाली कसरी काम गर्छ र किन हामीलाई गम्भीर अटोइम्युन रोगहरू हुँदैनन् भन्ने कुरा उनीहरूको खोजले बुझ्न सहयोग पुर्याएको छ,’ नोबेल कमिटीका प्रमुख ओले क्याम्पले भने।
सामान्यतया हाम्रो इम्युन प्रणालीले दैनिक रुपमा हजारौँ प्रकारका सुक्ष्म जीवहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्दछ।