अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

हिमाल प्रेस २० असोज २०८२ १०:५१
14
SHARES
अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी– सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ।

उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो।

सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ।

प्रकाशित: २० असोज २०८२ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast