
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार गृह मन्त्रालयले दिएको बिदा रद्द गरेको छ। गृह मन्त्रालयले बाढीपहिरोको जोखिम बढेपछि आइतबार र सोमबारका लागि देशभर सार्वजनिक बिदा दिएको थियो।
‘हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा मिति २० गते सोमबारका दिन बिहान १० बजेदेखि कार्यालय समय सम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार राति जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: २० असोज २०८२ ७:४५
प्रतिक्रिया