यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

हिमाल प्रेस २० असोज २०८२ ७:०३
18
SHARES
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमडौँ- कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले पूर्वामानुमान गरेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागको नियमित मौसम बुलेटिनमा उल्लेख छ।

सोमबार राति कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: २० असोज २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast