फेरि सर्‍यो ‘अभिमन्यु: च्याप्टर वान’ को प्रदर्शन

हिमाल प्रेस १९ असोज २०८२ १३:२५
8
SHARES
फेरि सर्‍यो ‘अभिमन्यु: च्याप्टर वान’ को प्रदर्शन

काठमाडौँ- फिल्म ‘अभिमन्यु: च्याप्टर वान’ असोज २४ मा प्रदर्शन नहुने भएको छ। देशभर परेको अविरल वर्षाको कारण देखाउँदै निर्माण टिमले फिल्म प्रदर्शन पुनः रोकेको हो। फिल्मका निर्माता विनोद पौडेलले फिल्म आगामी कात्तिक २१ मा प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

‘सबैको जनभावना, अब अभिमन्यु कात्तिक २१ मा’, निर्माता पौडेलले फेसबुकमा लेखेका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण स्थगित फिल्म अहिलेसम्म ४ पटक प्रदर्शन मिति सारिसकेको छ।

आन्दोलनपछि दसैँको फूलपातीमा प्रदर्शन मिति तोकिएको थियो। फेरि फूलपातीमै पहिले नै तीन फिल्म फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शन घोषणा भइसकेकाले असोज २४ लाई तोकिएको थियो।

सुशान्त गौतमले निर्देशन गरेको फिल्मको कथा मुकेश खनालले लेखेका हुन्। फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्मातामा छन्।

प्रकाशित: १९ असोज २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast