आन्तरिकतर्फका सबै उडान नियमित

हिमाल प्रेस १९ असोज २०८२ ११:३९
26
SHARES
आन्तरिकतर्फका सबै उडान नियमित

काठमाडौँ– अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आइतबारबाट नियमित भएका छन्।

प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन्।’

जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलको आन्तरिकतर्फ यात्रुहरुको चाप बढेको जनाइएको छ। शनिबार आन्तरिकतर्फका सबै उडान तथा अवतरण स्थगन भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ गइरहेका छन्।

आज बिहान मौसम अनुकूल भएसँगै नेपालगञ्ज र भद्रपुरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइसकेको तथा पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि मौसम अनुकूल रहेकाले आन्तरिक उडान सुरु गरिएको महाप्रवन्धक पाण्डेले बताए।

विमानस्थलको अन्तर्राष्ट्रियतर्फका उडान तथा अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast