उद्धार र राहत कार्यमा एकजुट हुन प्रचण्डको अपिल

हिमाल प्रेस १८ असोज २०८२ २०:२६
6
SHARES
उद्धार र राहत कार्यमा एकजुट हुन प्रचण्डको अपिल फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेताकार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन्।

उनले भनेका छन्, ‘कतिपय नदीले खतराको रेखा पार गरिसकेका छन्। लगातार पानी परिरहेकाले पहिरो र बाढीको जोखिम अझ गहिरिँदै गएको छ। यस अवस्थामा म माओवादी केन्द्रका सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन गर्दछु।’

प्रचण्डले पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग का हजारौँ कार्यकर्ता विपद प्रतिकार्यमा खटिएको दाबी गरेका छन्। ‘म पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा भ्रातृसहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्दछु’, उनले भनेका छन्।

उनले अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूलाई खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकाय र आमनागरिकलाई आग्रह गरेका छन्।

प्रकाशित: १८ असोज २०८२ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast