बाढीबाट जोगिन सशस्त्र प्रहरीको माइकिङ

हिमाल प्रेस १७ असोज २०८२ २०:२०
8
SHARES
बाढीबाट जोगिन सशस्त्र प्रहरीको माइकिङ

काठमाडौँ- सशस्त्र प्रहरी बलले शुक्रबार साँझदेखि काठमाडौँका विभिन्न ठाउँमा पट्रोलिङ तथा माइकिङ थालेको छ। मनसुनजन्य विपद्बाट जोगिन चोभार, बल्खु, बालाजु, माछापोखरी, वनस्थलीलगायतका स्थानमा पट्रोलिङ तथा माइकिङ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने ठाउँको पहिचान गरी त्यस्ता ठाउँका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा फोन गर्नसमेत माइकिङमार्फत सूचित गरेको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि र विपद् उद्धारका लागि बलले देशभरिका युनिटलाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखेको थापाले बताए। उनका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटमा आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

प्रकाशित: १७ असोज २०८२ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast