मनै लोभ्याउने मुस्ताङ [तस्बिरमा]

हिमाल प्रेस १५ असोज २०८२ ११:१३
12
SHARES
मनै लोभ्याउने मुस्ताङ [तस्बिरमा] मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित मुस्ताङ-डोल्पा सडकबाट देखिएको हिमशृंखला र सुख्खा पठार। तस्बिर : रासस

गण्डकी प्रदेशको उत्तरमा अवस्थित हिमालपारिको जिल्ला हो मुस्ताङ। धवलागिरी र नीलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित यो जिल्ला हिन्दू र बौद्ध तीर्थयात्रीहरूको पावन भूमि हो। पवित्र कृष्णा गण्डकी यही जिल्लाबाट उत्पत्ति भएर बग्छ।

मुक्तिनाथधाम, कागबेनी, दामोदरकुण्डजस्ता तीर्थस्थलका कारण मुस्ताङ जिल्ला हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो।

प्रकृतिको अनुपम दृष्य भएको मुस्ताङका मनमोहक एवं सुन्दर दृश्यले जोकोही पनि लोभिन्छन्। गुरुङ र थकाली समुदायको बसोबास रहेको यस जिल्लाका अधिकांश मानिस बाद्ध धर्मप्रति आस्थावान् छन्। नेपाल र चीनबीचको कोरला नाका यही जिल्लामा पर्छ।

मुस्ताङको घरपझोङ गाउँपालिका-३ पुथाङ बजारस्थित जोमसोम विमानस्थल। तस्बिर : रासस

तस्बिर : रासस

प्रकाशित: १५ असोज २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast