कर्णालीका केही जिल्ला टेलिफोन अवरुद्ध

हिमाल प्रेस १५ असोज २०८२ ७:४६
6
SHARES
कर्णालीका केही जिल्ला टेलिफोन अवरुद्ध

काठमाडौँ– प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ। यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।

जाजरकोटको नलगाड नगरपालिका–१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो।

यस्तै, जाजरकोटकै बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ।

रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दशैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले बताए । सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्‍याए पनि समाधान नभएको उनको भनाइ छ।

यस्तै, सोही टावरको सहायताले डोल्पाको मुड्केचुलामा रिले गर्ने भएकाले डोल्पाको मुड्केचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्यायका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उनले जानकारी दिए ।

प्रकाशित: १५ असोज २०८२ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast