
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। अमेरिकी डलरको भाउ हिजो सोमबारभन्दा थोरै बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा थियो।
यस्तै आज युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
हिजो सोमबारको तुलनामा माथिका विदेशी मुद्राको पनि भाउ थोरै बढेको हो। हिजो क्रमश: युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा तथा युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा थिए।
यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। हिजो सोमबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम थियो।