आगजनीको २० दिनपछि विराटनगर महानगरको कार्यपालिका बैठक टेन्टमुनि बस्यो

हिमाल प्रेस १२ असोज २०८२ २०:५०
12
SHARES
आगजनीको २० दिनपछि विराटनगर महानगरको कार्यपालिका बैठक टेन्टमुनि बस्यो

इटहरी-जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवन ध्वस्त भएपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनि बसेको छ।

आगजनी भएको २० दिनपछि महानगरको कार्यपालिका बैठक बसेको हो । यसअघि मेयर नागेश कोइराला अष्ट्रेलिया गएको र उनी फर्किएपछि आइतवार मात्रै बैठक बसेको हो । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरूको उपस्थितिमा बैठक बसेको हो।

बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरूको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।

बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोतसाधनबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । उनले जनताको महानगरवासीको सेवाका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्न आफू सधैं तत्पर रहेको प्रतिबद्धतासमेत जनाए ।

प्रकाशित: १२ असोज २०८२ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast