गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी!

हिमाल प्रेस १२ असोज २०८२ १७:०६ | Sunday, September 28, 2025
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी! गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास। तस्बिर : हिमालप्रेस

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा फेरि आगजनी भएको छ। गत २४ गते जेनजी प्रदर्शनको क्रममा पोखरा सहिदचोकस्थित मुख्यमन्त्री निवासमा आगजनी हुँदा भवन जलेर ध्वस्त भएको थियो। तीमध्ये एउटा कोठामा कम क्षति पुगेको थियो। जल्न बाँकी केही सामानहरु उक्त कोठामा राखिएको थियो ।

तर शनिबार राति २ बजेतिर फेरि आगलागी भएको हो। प्रत्यक्षदर्शीले आगलागी भएको बताए।

कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले आगलागीको क्रियाकलापमा आन्दोलनको स्वरुप जस्तो नपाइएको बताए। उनले भवनको एउटा कोठामा लागूपदार्थ सेवनकर्ताहरु गई चुरोटगाँजा खाँदा आगलागी भएको हुनसक्ने बताए। उनले भने, ‘घटनाको वस्तुस्थिति बुझ्दा आन्दोलनको स्वरुपजस्तो छैन, लागूपदार्थ गाँजा खाएको अवशेष पनि भेटिएको छ।’

भदौ २४ गते आफ्नो सरकारी निवाससहित मुख्यमन्त्री कार्यालयदेखि गण्डकी प्रदेशका सरकारी संरचना जल्दा मुख्यमन्त्री पाण्डे दुबई भ्रमणमा थिए। उनी फर्केपछि अहिले प्रमुख सचिवको निवासमा बस्दै आएका छन्। त्यस दिन आन्दोलनकारीले गण्डकी प्रदेशका करिब ४४ सरकारी भवनमा आगजनी तथा तोडफोड गरी क्षति पुर्‍याएका थिए।

त्यसमध्ये १२ भवन प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त भएको प्राविधिक समूहको अध्ययन प्रतिवेदनले जनाएको छ। आन्दोलनमा गण्डकी प्रदेशका संरचनामा मात्रै करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ।

प्रकाशित: १२ असोज २०८२ १७:०६ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast