पोखरा घुम्नका लागि सुरक्षित : होटल संघ

हिमाल प्रेस १२ असोज २०८२ १५:११ | Sunday, September 28, 2025
पोखरा घुम्नका लागि सुरक्षित : होटल संघ

पोखरा– होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि निम्तो गरेको छ। जेन–जी आन्दोलनका बाबजुद पोखरा घुम्नका लागि सुरक्षित रहेको भन्दै संघले पाहुनाहरूलाई निम्तो गरेको हो।

दसैँ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका सञ्चारकर्मीमार्फत पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गर्‍यो।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेनजी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको बताए।

‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार बेड छन्’, उनले भने, ‘सयौँ रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन।’

पोखराको पर्यटन पुरानै लयमा फर्कने आशा यहाँका पर्यटन व्यवसायीहरुले व्यक्त गरेका छन्। होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरुमा समेत व्यवसायीहरु भारि छुट दिएर पाहुनाको स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए। अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको सुवेदीले बताए।

काठमाडौँ, चितवन, बुटवललगायतका सहरबाट जोडिने पोखरा अहिले स्थलमार्गबाट ५ घण्टामै काठमाडौँदेखि आउन सकिन्छ। राति अबेर हवाई सेवामार्फत पोखरा आउन चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने व्यवस्था छ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा जीवित र चलायमान सहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरु सेवाका लागि आतुर रहेको बताए।

प्रकाशित: १२ असोज २०८२ १५:११ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast