पोखरामा हुने पर्वतीय दौडमा ७ देशका १६० धावक

हिमाल प्रेस १० असोज २०८२ २०:३०
6
SHARES
पोखरामा हुने पर्वतीय दौडमा ७ देशका १६० धावक

पोखरा- विश्व पर्यटन दिवस अवसरमा शनिबार पोखरामा दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौड प्रतियोगिता हुँदै छ। प्रतियोगितामा नेपालसहित ७ देशका १६० जना धावकले विभिन्न इभेन्टमा सहभागिता जनाएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए। जसमा नेपालसहित बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका र स्पेनका धावकले नाम दर्ता गराएका हुन्।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा विश्वशान्ति स्तूपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमि दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ। हरेक इभेन्टका विजयीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। खुलातर्फका विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिनेछ।

सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने आयोजकले जनाएको छ। गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित भएका थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेको केन्द्रका उपाध्यक्ष असफल गौतमले जनाए।

प्रकाशित: १० असोज २०८२ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast