फलफूलमा स्याउ र अनार महँगिए

हिमाल प्रेस १० असोज २०८२ ९:३० | Friday, September 26, 2025
फलफूलमा स्याउ र अनार महँगिए

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जारी गरेको थोक मूल्य अनुसार फलफूलको मूल्यमा चर्को वृद्धि देखिएको छ।

विशेषगरी स्याउ (फुजी) प्रतिकिलो रु ३००, स्याउ (झोले) रु २५०, अनि अनार रु ३५० प्रतिकिलो पुगेको छ। त्यस्तै, किबीको थोक मूल्य रु ३००, आभोकाडो रु ३५० तथा सरिफा रु १२० मा पुगेको छ।

केराको थोक मूल्य दर्जनको रु १३० निर्धारण गरिएको छ जुन उपत्यकाका खुद्रा बजारमा अझै महँगो पर्न सक्छ। फलफूल व्यापारीहरूका अनुसार आयातमा निर्भरता, ढुवानी खर्च र चाडपर्वको उच्च मागका कारण मूल्य बढेको हो।

प्रकाशित: १० असोज २०८२ ९:३० | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast