दूधपोखरीमा डुबेका युवकको खोजीमा हेलिकप्टरमार्फत गोताखोर टोली परिचालन

हिमाल प्रेस १० असोज २०८२ ८:३७ | Friday, September 26, 2025
दूधपोखरीमा डुबेका युवकको खोजीमा हेलिकप्टरमार्फत गोताखोर टोली परिचालन

काठमाडौँ- गोरखा र लमजुङको सीमामा रहेको दूधपोखरी कुण्डमा डुबेर बेपत्ता भएका युवकको खोजीमा सशस्त्र प्रहरी बल नेपालले हेलिकप्टरमार्फत गोताखोर टोली परिचालन गरेको छ।

क्व्होलासोथार गाउँपालिका-४, भुजुङ बस्ने १८ वर्षीय मनोज गुरुङ साउन २४ गते मर्स्याङ्दी गाउँपालिका-३ स्थित दूधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

उनको खोजीलाई थप प्रभावकारी बनाउन आज सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण, कालिकाबाट एयर डाइनेस्टिको हेलिकप्टरमार्फत चार जना गोताखोर सहितको विशेष टोली घटनास्थलमा खटाइएको सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यसैगरी, आज बिहान सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको एक मारुती भ्यान करिब ५० मिटर तल सुनकोशी नदीमा खस्दा बेपत्ता भएको छ।

उक्त दुर्घटनापछि बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण, सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापनमा तालिम प्राप्त टोली परिचालन गरिएको डिएसपी थापाले बताए।

सशस्त्र प्रहरी बलले प्राकृतिक विपद्, दुर्घटना तथा डुबानजस्ता घटनामा तदारुकता देखाउँदै खोजी तथा उद्धारमा सक्रिय भूमिका खेल्दै आएको छ।

प्रकाशित: १० असोज २०८२ ८:३७ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast