अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

हिमाल प्रेस २८ पुष २०७९ १९:०९ | Thursday, January 12, 2023
अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौँ– घूस लेनदेनको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले दोषी ठहर गरेको छ।  बिहीबार विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदसहितको सजाय सुनाएको हो।

पाठकसँगै नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गरेको छ। आयुक्त पाठक र कलेजका तत्कालीन अध्यक्षको घूस लेनदेनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो।

प्रकाशित: २८ पुष २०७९ १९:०९ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast