एसिया कप क्रिकेट : सुपर ४ मा पाकिस्तानको जित, श्रीलंका संकटमा

हिमाल प्रेस ८ असोज २०८२ ७:५०
12
SHARES
एसिया कप क्रिकेट : सुपर ४ मा पाकिस्तानको जित, श्रीलंका संकटमा

काठमाडौँ- यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित ३८ तथा हुसेन तलतले अविजित ३२ रन बनाए ।

पाकिस्तान ८०-५ को अवस्थामा पुग्दा यी दुईले छैटौं विकेटका लागि अविजित अर्धशतकीय साझेदारी गर्दै जित दिलाए। श्रीलंकाका वानिन्दु हसरंगा र महीश थिक्सानाले २-२ विकेट लिँदा दुश्मान्था चमीराले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । कमिन्दु मेन्डिसले ५० रन बनाउनुबाहेक अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

कप्तान चरिथ असलंकाले २० तथा चमिका करुणारत्नेले १७ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ३ विकेट लिँदा हारिस राउफ र हुसेन तलतले २-२ तथा अबरार अहमदले १ विकेट लिए।

जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक जोडेको छ । यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो । यता श्रीलंकाले भने बंगलादेशसँग हार बेहोरेको थियो ।

सुपर फोरमा भारतको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक र बंगलादेशको १ खेलबाट २ अंक छ । सुपर फोरको शीर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् ।

प्रकाशित: ८ असोज २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast