मुग्लिन-नागढुंगा सडकखण्ड फेरि अवरुद्ध

हिमाल प्रेस ७ असोज २०८२ ८:३९
6
SHARES
मुग्लिन-नागढुंगा सडकखण्ड फेरि अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ।

दुईतर्फी सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन्। काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन्।

प्रकाशित: ७ असोज २०८२ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast