काठमाडौँ- हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: ६ असोज २०८२ ६:५३ | Monday, September 22, 2025
प्रतिक्रिया




