‘नेपालबाट सिकौँ’ भन्दै इन्डोनेसियामा प्रदर्शन

हिमाल प्रेस ५ असोज २०८२ १७:२९ | Sunday, September 21, 2025
‘नेपालबाट सिकौँ’ भन्दै इन्डोनेसियामा प्रदर्शन ‘नेपालबाट सिकौँ’ (इन्डोनेसियनमा बेलाजर्लाह दारी) लेखिएको ब्यानर समातेर इन्डोनेसियाको मध्यजाभामा गत शुक्रबार गरिएको प्रदर्शन। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इन्डोनेसियामा ‘नेपालबाट सिकौँ’ भन्ने ब्यानरसहित प्रदर्शन गरिएको छ। भ्रष्टाचार अन्त्य हुनुपर्ने र सुशासन कामय गर्नुपर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जेनजी युवा समूहले आयोजना गरेको दुईदिने आन्दोलनका कारण नेपालमा केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन भएको छ। युवाहरूले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने मागसहित भदौ २३ र २४ गते आन्दोलन गरेका थिए। नेताहरूका सन्तानले अवसर र विलासीपूर्ण जीवन बिताउने तर नागरिकलाई सरकारी सेवासुविधा पाउन कठिन रहेको अवस्थाप्रति जेनजी युवा आक्रोशित रहँदै आएका छन्।

केही समयअघि इन्डोनेसियामा पनि यस्तै खालको आन्दोलन भएको थियो। व्यापक आर्थिक मन्दीका बेला सांसदहरूले आफूलाई महिनामा तीन हजार डलरको विलासी आवास भत्ता दिने निर्णय गरेपछि त्यहाँका युवा सडकमा उत्रिएका थिए। जनआक्रोश बढ्दै जाँदा सर्वसाधारणले सरकारी भवनमा आगजनी गरे। सार्वजनिक संरचनामा क्षति पुर्‍याए र निजी सम्पत्तिसमेत लुटपाट गरे। अन्ततः राष्ट्रपति प्रबोवो सुबियान्तोले सांसदहरूको आवास भत्ता घटाउने र केही मन्त्रीलाई निलम्बन गर्ने निर्णय गरेका थिए। त्यहीँको सिको गरेर नेपालका जेनजीहरू सडकमा उत्रिएका थिए।

अहिले नेपालको सिको गरेर इन्डोनेसियामा प्रदर्शन भइरहेका छन्। एसियाभरि यी विरोध प्रदर्शनहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनलाई तीव्र बनाउने प्रवृत्तिको उदाहरण देखाएका छन्, जुन इजिप्टमा २०१०, हङकङमा २०१९ र इरानमा २०२२ मा पनि देखिएको थियो।

एसियामा सत्ता हल्लाउँदै ‘जेनजी क्रान्ति’

जेनजी आन्दोलन : दक्षिण एसियाको साझा चुनौती 

प्रकाशित: ५ असोज २०८२ १७:२९ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast