बैंककस्थित नेपाली दूतावासमा मनाइयो संविधान दिवस

हिमाल प्रेस ३ असोज २०८२ १४:१४ | Friday, September 19, 2025
बैंककस्थित नेपाली दूतावासमा मनाइयो संविधान दिवस

काठमाडौँ- एघारौँ संविधान दिवस/राष्ट्रिय दिवस थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दूतावासमा शुक्रबार आयोजित झन्डोत्तोलन, राष्ट्रियगान तथा सहिदप्रतिको सम्झनास्वरूप मौनधारण गरिएको थियो।

समारोहमा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त संविधान दिवस/राष्ट्रिय दिवस २०८२ को शुभकामना सन्देश वाचन गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

औपचारिक कार्यक्रमपछि कार्यक्रममा उपस्थित प्राध्यापक, व्यवसायी, विभिन्न अन्तर्राष्ट्रिय संगठनमा कार्यरत नेपाली, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबीच नेपालको समसामयिक परिस्थितिको सन्दर्भमा विचार-विमर्श भएको थियो।

राजदूत ओलीले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित जेन-जेड पुस्ताका नेपाली युवाहरूले नेपालको संविधान, लोकतान्त्रिक अभ्यास र भविष्यबारे आफ्ना धारणा राख्दै विदेशमा रहेका नेपाली युवाले नेपालको विकासमा योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

प्राध्यापक तथा अन्य विद्वत् वर्गबाट नेपालले पुनर्निर्माण, सुशासन तथा विकासको क्षेत्रमा अब लिनुपर्ने बाटोको सम्बन्धमा आआफ्नो धारणा राखेका थिए। उनीहरूले नेपालको विकासका लागि नेपाल सरकार/दूतावासबाट हुने प्रयासमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

प्रकाशित: ३ असोज २०८२ १४:१४ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast