फेरिए काठमाडौँ प्रहरी प्रमुख

हिमाल प्रेस २ असोज २०८२ २०:१२ | Thursday, September 18, 2025
फेरिए काठमाडौँ प्रहरी प्रमुख

काठमाडौँ- काठमाडौँका प्रहरी प्रमुख फेरिएका छन्। जिल्ला प्रहरी परिसर भद्रकालीमा एसएसपी रमेश थापा आएका हुन्। यसअघि त्यहाँका प्रमुख रहेका विश्व अधिकारीलाई हटाइएको प्रहरी स्रोतले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्था दुरुस्त गर्न नसकेको भन्दै अधिकारीलाई हटाइएको बताइएको छ।

काठमाडौँ प्रहरी प्रमुखमा सरूवा भएका एसएसपी थापा यसअघि केन्द्रीय प्रहरीको सहप्रवक्ताको जिम्मेवारीमा थिए।

प्रकाशित: २ असोज २०८२ २०:१२ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast