कास्कीमा रास्वपाका दुई वडा सभापतिमाथि कारबाही

हिमाल प्रेस ३० भदौ २०८२ २०:५२
16
SHARES
कास्कीमा रास्वपाका दुई वडा सभापतिमाथि कारबाही

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीमा आफ्ना दुई वटा वडाका सभापतिहरूलाई कारबाही गरेको छ।

गत २३ र २४ भदौमा जेन-जी आन्दोलनमा घूसपैठ गरी तोडफोड र आगजनीमा संलग्न भएको भन्दै पोखरा महानगरपालिका वडा १० का सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका वडा ६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरिएको हो।

पार्टीको गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले आइतबार साँझ विज्ञप्ति जारी गरी सो कुरा जानकारी दिएका हुन्। विज्ञप्तिमा थापा र पौडेलले गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गरेको हुँदा अर्को निर्णय नहुञ्जेल निलम्बन गरिएको उल्लेख छ ।

वडा १० का सभापति थापाले पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड र आगजनीमा संलग्न भएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

पौडेलले भने पोखरास्थित सिंचाइ डिभिजन कार्यालय कास्की र केही व्यक्तिका निजी भवनहरुमा तोडफोड गरेको भिडियो सार्वजनिक सार्वजनिक छ।

प्रकाशित: ३० भदौ २०८२ २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast