सभामुख घिमिरेद्वारा अन्तरिम मन्त्रीहरूको शपथ समारोह बहिष्कार

हिमाल प्रेस ३० भदौ २०८२ १२:४५ | Monday, September 15, 2025
सभामुख घिमिरेद्वारा अन्तरिम मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन्। शीतल निवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने उपस्थित भए पनि सभामुख घिमिरे अनुपस्थित रहे।

यसअघि घिमिरेले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोह पनि बहिष्कार गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा गत शुक्रबार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकी थिइन्।

अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्राेत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र  सहरी विकास मन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति पौडेलबाट शपथ लिएका छन्।

प्रकाशित: ३० भदौ २०८२ १२:४५ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast