 
                             
                                            काठमाडौँ- गत सोमबार र मंगलबार जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार बुझाउने र बरामद गर्ने क्रम जारी छ।
नेपाली सेनाले शुक्रबार सुरक्षा अपडेट गराउँदै सिन्धुलीको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले ९ मि.मि. चाइनिज पेस्तोल एक नाल सेनालाई बुझाएको जानकारी दिएको छ।
उक्त हतियार काठमाडौँको डल्लु इलाकामा खटिएको सेनाको पेट्रोल टोलीलाई उनले स्वेच्छाले बुझाएको सेनाको भनाइ छ। यसैबीच, विभिन्न स्थानहरूबाट हालसम्म २६८ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ।
                            प्रकाशित: २७ भदौ  २०८२ १६:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 