२६८ हतियार बरामद

हिमाल प्रेस २७ भदौ २०८२ १६:५१ | Friday, September 12, 2025
२६८ हतियार बरामद

काठमाडौँ- गत सोमबार र मंगलबार जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार बुझाउने र बरामद गर्ने क्रम जारी छ।

नेपाली सेनाले शुक्रबार सुरक्षा अपडेट गराउँदै सिन्धुलीको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले ९ मि.मि. चाइनिज पेस्तोल एक नाल सेनालाई बुझाएको जानकारी दिएको छ।

उक्त हतियार काठमाडौँको डल्लु इलाकामा खटिएको सेनाको पेट्रोल टोलीलाई उनले स्वेच्छाले बुझाएको सेनाको भनाइ छ। यसैबीच, विभिन्न स्थानहरूबाट हालसम्म २६८ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ।

प्रकाशित: २७ भदौ २०८२ १६:५१ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast