केपी ओलीको क्षेत्रमा मतगणना सुरु

हिमाल प्रेस ५ मंसिर २०७९ १३:२४
2
SHARE
केपी ओलीको क्षेत्रमा मतगणना सुरु

काठमाडौँ- झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ। दमक नगरपालिकामा मत गन्न थालिएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न सुरु गरिएको छ।

झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन्। यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =