आधिकारिक सूचनाका लागि जनसम्पर्क निर्देशनालय र पृतना मुख्यालयसँग सम्पर्क गर्न सेनाको आग्रह

हिमाल प्रेस २७ भदौ २०८२ १०:३८ | Friday, September 12, 2025
आधिकारिक सूचनाका लागि जनसम्पर्क निर्देशनालय र पृतना मुख्यालयसँग सम्पर्क गर्न सेनाको आग्रह

काठमाडौँ- नेपाली सेनाले पछिल्लो समय सेनाबारे विभिन्न टिकाटिप्पणी र भ्रामक समाचारहरू प्रसारित भएको भन्दै आम सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ।

सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट गर्दै असत्य र अपुष्ट समाचारमा विश्वास नगर्न चेतावनी दिएको हो।

यससँगै, सेनाबारे सूचना आदान–प्रदान तथा थप जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँगै स्थानीय तहमा रहेका पृतना मुख्यालयहरूसँग पनि समन्वय गर्न सकिने व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २७ भदौ २०८२ १०:३८ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast