गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति काभ्रेका बासिन्दा रहेको पुष्टि

हिमाल प्रेस २६ भदौ २०८२ ७:४७ | Thursday, September 11, 2025
गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति काभ्रेका बासिन्दा रहेको पुष्टि

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।

जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ घर भई हाल ललितपुरको सुनाकोठी-२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए।

‘जलेको अवस्थामा निजको शव भेटिएको थियो। मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो’, उनले भने।

उनको शव अहिले पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो जेनजी प्रदर्शनका क्रममा गंगा दाहालको घरमा आगजनी गरिएको थियो।

प्रकाशित: २६ भदौ २०८२ ७:४७ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast