सिन्धुली कारागारबाट ४७१ जना कैदी फरार

हिमाल प्रेस २५ भदौ २०८२ १४:३२ | Wednesday, September 10, 2025
सिन्धुली कारागारबाट ४७१ जना कैदी फरार

काभ्रेपलाञ्चोक- सिन्धुलीस्थित जिल्ला कारागारबाट ४७१ जना कैदी फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका ती कैदीहरू कारागारबाट भागेका हुन्।

कारागारभित्र आगजनी र नाराबाजी सुरु भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र नेपाली सेना परिचालित गरिएका थिए। तर स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई घेरेपछि प्रहरीले बल प्रयोग गर्न कठिनाइ भएको थियो।

प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर समेत गर्नुपरेको थियो।

प्रकाशित: २५ भदौ २०८२ १४:३२ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast