
काभ्रेपलाञ्चोक- सिन्धुलीस्थित जिल्ला कारागारबाट ४७१ जना कैदी फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका ती कैदीहरू कारागारबाट भागेका हुन्।
कारागारभित्र आगजनी र नाराबाजी सुरु भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र नेपाली सेना परिचालित गरिएका थिए। तर स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई घेरेपछि प्रहरीले बल प्रयोग गर्न कठिनाइ भएको थियो।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर समेत गर्नुपरेको थियो।
प्रकाशित: २५ भदौ २०८२ १४:३२
प्रतिक्रिया