त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

हिमाल प्रेस २५ भदौ २०८२ १४:१५ | Wednesday, September 10, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। प्रतिकूल परिस्थितिका कारण अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको हो।

मंगलबार मध्याह्न १२ बजेदेखि बन्द भएको विमानस्थल खुल्ने निश्चित छैन। विमानस्थलबाट आन्तरिक र बाह्य उडानहरू भएका छैनन्।

‘उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवालगायतले विमानको सुरक्षामा गम्भीर असर पर्ने देखिएकोले अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने ब्यहोरो सम्बन्धित सबैमा जानकारीका लागि पुनः अनुरोध छ,’ बुधबार बिहान साढे ११ बजे सूचना निकालेर कार्यालयले भनेको छ।

विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआउन कार्यालयले सबैसँग आग्रह गरेको छ।

प्रकाशित: २५ भदौ २०८२ १४:१५ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast