अनधिकृत हतियार तथा गोलीगट्ठा बुझाउन सेनाको अनुरोध

हिमाल प्रेस २५ भदौ २०८२ ११:३३ | Wednesday, September 10, 2025
अनधिकृत हतियार तथा गोलीगट्ठा बुझाउन सेनाको अनुरोध

काठमाडौँ- नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका र फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ।

त्यस्ता हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न पनि सेनाले अनुरोध गरेको छ।

साथै अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाकहरुको अनधिकृत प्रयोग नगर्न पनि सेनाले अनुरोध गरेको छ। ‘उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरासमेत अनुरोध गरिन्छ’, नेपाली सेनाले भनेको छ।

प्रकाशित: २५ भदौ २०८२ ११:३३ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast