नेपाली जनतालाई शान्ति कायम राख्न भारतको अपिल

हिमाल प्रेस २५ भदौ २०८२ ६:४२ | Wednesday, September 10, 2025
नेपाली जनतालाई शान्ति कायम राख्न भारतको अपिल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : बीबीसी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन्। नेपालको अवस्थाबारे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिमा नेपालमा उत्पन्न पछिल्लो अवस्थाबारे विस्तृत छलफल भएको उल्लेख गर्दै यस्तो अपिल गरेका हुन्।

मोदीले लेखेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। यसमा धेरै युवाले ज्यान गुमाएका छन् भन्ने थाहा पाउँदा धेरै पीडा भएको छ।’

प्रधानमन्त्री मोदीले नेपालको स्थायित्व, शान्ति र समृद्धि भारतका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।

प्रकाशित: २५ भदौ २०८२ ६:४२ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast