रवि लामिछाने नख्खु कारागारबाट मुक्त, परिवारले लियो जिम्मा

हिमाल प्रेस २४ भदौ २०८२ १५:३८
58
SHARES
रवि लामिछाने नख्खु कारागारबाट मुक्त, परिवारले लियो जिम्मा रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार दिउँसो नख्खु कारागारबाट रिहा भएका छन्। सुरक्षाको प्रत्याभूति दिन नसकिने भन्दै प्रशासन पन्छिएपछि लामिछानेलाई उनको परिवारको जिम्मा लगाइएको हो।

लामिछानेलाई उनकी पत्नी निकिता पौडेलले जिम्मा लिएकी छन्। रिहाको खबर बाहिरिएसँगै नख्खु कारागारको गेटमा लामिछानेका सयौं समर्थकको भीड लागेको थियो। रवि उनीहरूलाई हात हल्लाएर अभिवादन गर्दै अघि बढेका थिए।

उनको रिहासँगै समर्थकहरूमा उत्साह देखिए पनि सुरक्षा निकायले अझै स्थिति संवेदनशील रहेको भन्दै उच्च सतर्कता अपनाएको जनाइएको छ। यसैबीच लामिछानेले भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: २४ भदौ २०८२ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast