रूपन्देहीमा लाग्यो निषेधाज्ञा

हिमाल प्रेस २४ भदौ २०८२ ९:०४
22
SHARES
रूपन्देहीमा लाग्यो निषेधाज्ञा

बुटवल- जेनजीको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मंगलबार आदेश जारी गर्दै शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै विहान ९ः३० देखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित)को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

निषेधाज्ञाको अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने समेत जनाएको छ ।

रूपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने कारण देखाइएको छ । यसअघि रूपन्देहीमा बुटवल र भैरहवामा सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको थियो ।

प्रकाशित: २४ भदौ २०८२ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast