पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन कानुनले रोक्दैन : देउवा

हिमाल प्रेस २१ भदौ २०८२ १२:२३
18
SHARES
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन कानुनले रोक्दैन : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्। सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने उनको भनाइ छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए।

उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे।

प्रकाशित: २१ भदौ २०८२ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast