प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

हिमाल प्रेस १७ भदौ २०८२ ६:५०
6
SHARES
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ।

सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच सोमबार साँझ भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने र संस्कृति, व्यापार र लगानीका क्षेत्रमा पारस्परिक सहयोगलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे, लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलि, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ तथा माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुलगायत विश्वका नेताहरूसँग भेटवार्ता भएको छ।

प्रकाशित: १७ भदौ २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast