संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, के गर्लान् रास्वपा र राप्रपा?

हिमाल प्रेस १३ भदौ २०८२ ९:२५ | Friday, August 29, 2025
संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, के गर्लान् रास्वपा र राप्रपा? फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सभामुखको सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्दैछन्। विदेश भ्रमणअघि र फर्किएपछि कार्यकारी प्रमुखले संसद्लाई जानकारी गराउने परम्पराअनुसार उनले चीन भ्रमणबारे सदनलाई अवगत गराउन लागेका हुन्।

प्रधानमन्त्रीको सम्बोधन हुने बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी नहुने भएको छ। रास्वपाका एक नेताका अनुसार भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने माग पूरा नभएसम्म रास्वपाले संसद्‍मा अवरोध र बहिष्कार जारी राख्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाका सांसदहरू विगत केही महिनादेखि संसद्को विशेष समयमा आफ्नो भनाइ राखेपछि बैठक बहिष्कार गर्दै आएका छन्।

प्रकाशित: १३ भदौ २०८२ ९:२५ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast