मधेश प्रदेशसभा : अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीको अवरोध

हिमाल प्रेस १२ भदौ २०८२ १८:४१
26
SHARES
मधेश प्रदेशसभा : अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीको अवरोध
जनकपुरधाम– प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेश प्रदेशसभाको बिहीबारको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ। प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्रीको राजीनामा माग्दै बैठकमा अवरोध गरेका हुन्।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिए।
प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे।
उनले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थितिविना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताए।
‘सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्रै थियो। तर, प्रतिपक्षको अवरुद्धपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३०५ पृष्ठको बजेट ल्याएको भेटियो, प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित भएको छ,’ उनले भने।
त्यसपछि सभामुख मण्डलले प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने घोषणा गरे।
बैठक जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका हुन्।
प्रकाशित: १२ भदौ २०८२ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast